‘A Reel Initiative For A Real Cause’ नामक च्यारेटि सो

0
70

मंसिर ३, काठमाडौं । ‘A Reel Initiative For A Real Cause’ नामक च्यारेटि सो हुने भएको छ ।

आरम्भ फाउन्डेसनले ‘A Reel Initiative For A Real Cause’ को च्यारेटि सो गर्न लागिएको हो । मंसिर ७ गते शानिबार बिहान साढे आठ बजे राइजिङ महल क्यु सिनेमा हालमा हुने जनाएको छ ।

च्यारेटि सोबाट उठेको रकम विपन्न तथा विद्यालय जानबाट वन्चित वालवालिकालाई पून विद्यालयमा भर्ना गरी आधारभुत शिक्षा प्रदान गर्ने उद्देय रहेको फाउन्डेसन्का अध्यक्ष सिमा अधिकारीले बताउनु भयो ।  

२०७२ सालमा स्थापना भएको फाउन्डेसनले वालवालिकाको शिक्षा, स्वास्थ्य, वातावरण एवम् चौतर्फी विकासमा युवा जागरुक अभियानमा तथा सामाजिक तहका विभिन्न क्षेत्रमा कामहरु गर्दै आइरहेको अध्यक्ष अधिकारीले बताउनु भयो ।