८ किलो सुनसहित दुईजना चिनियाँ नागरिक पक्राउ

0
11

मंसिर १३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति ८ किलो सुनसहित दुईजना चिनियाँ नागरिकलाई पक्राउ परेका छन् ।

इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरु हङकङबाट नपाल एयरलाइन्सको विमानमा काठमाडौं आएको विमानस्थल प्रहरीका प्रमुख डीआईजी सूर्य उपाध्यायले बताए ।

पक्राउ परेका व्यक्ति नै सुनको मालिक हुन् वा अन्य कसैका लागि ल्याउँदै थिए भन्ने खुलिसकेको छैन ।

उनीहरुलाई राति नै थुनुवा पूर्जी दिएर महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।