४० हजार घुससहित नासु र कार्यालय सहयोग पक्राउ

0
6

मंसिर १८, काठमाडौं । भक्तपुर भूमिसुधार तथा मालपोत कार्यालयका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

४० हजार रुपैयाँ घुससहित नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेका र गौतमलाई उक्त रकम दिन भनेर आग्रह गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा परेको थियो ।

सूचनाको आधारमा कार्यालय पुगेको अख्तियारको टोलीले मंगलबार दुवै जनालाई पक्राउ गरेको आयोगले जनाएको छ ।