३०० वटा विद्युतीय बस किन्ने सरकारको तयारी

0
20

अनिल सापकोटा,
पुस १३, काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा चलाउन आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले भने ‘काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सरकारले यो निती अघि सारेको हो, भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको छ ।’

केहि महिना अघि एशियाली विकास बैंक ९एडीबी० को सहयोगमा दुईवटा विद्युतीय बस ल्याइएको थियो । लुम्बिनीमा सञ्चालनका लागि ल्याइएका ती बसहरु काठमाडौंमा ल्याई प्रधानमन्त्री केपी शर्मा ओलीले चढेर उत्घाटन गरिएको थियो । हाल चार्जिङ स्टेशनको अभावमा ती बसहरु ग्यारेजमा थन्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here