२२ लाख ८२ हजार रुपैयाँसहित १६ जना जुवाडे पक्राउ

0
12

माघ १३, काठमाडौं । कैलालीबाट सोमबार २२ लाख ८२ हजार रुपैयाँसहित १६ जना जुवाडे पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलाली गोदावरी-१० का रवीन्द्र शाही, धीरेन्द्र चन्द, भुवन कुँवर, रमेश खड्का, खेमराज भट्ट, जनक दौल्याल, सन्देश तामाङ, मोहन खड्का, अमित गुरू, प्रेमबहादुर सिंह, सूर्य भट्ट, कालुसिंह धामी, चन्द्रमणि अधिकारी, जयसिंह धामी र मंगल ठगुन्ना रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलिले धनगढी उपमहानगरपालिका -३ रोस हाउस रेस्टुरेन्टनजिकै तिलक अधिकारीको घरमा जुवा खेलिरहेका अबस्थामा उनिहरुलाई सोमबार बिहान पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।