१८८ जना सवार बोइंग–७३७ म्याक्स ८ विमान दुर्घटना

0
41

एजेन्सी
कार्तिक १२,इन्डोनेसिया । इन्डोनेसियाको जाकार्ताबाट पांकल पिनांग जान लागेको बोइंग–७३७ म्याक्स ८ विमान दुर्घटनामा परेको छ । घरेलु यात्रु बोकेर उडेको विमान विमानस्थलबाट उडेको १३ मिनेटमा नै समुद्रमा खसेको हो ।

जानकारीका अनुसार विमानमा १८८ जना सवार थिए । इन्डोनेशियाको सर्च एण्ड रेस्क्यू एजेन्सीका प्रवक्ता यूसुफ लतीफले विमान दुर्घटनामा परेको पुष्टि गरेका छन् ।

संसारभरको उडानको जानकारी राख्ने वेबसाइट फ्लाइटराडरको डाटामा लायन एयर फ्लाइट जेटी–६१० स्थानीय समयअनुसार बिहान करिब ६:२० बजे विमानस्थलबाट उडेको करिब १३ मिनेटपछि समुद्रमा खसेको देखाएको छ । सिग्नल टुट्नु केहीबेर अघि विमान करिब ३६५० फिट उचाइमा थियो । програмы для взломаeuropean wedding dressesVk.barkov.netфлюс причиныТуняншторы для детской комнаты