१६ तोला अवैध सुनसहित दुई जना पक्राउ

0
15

असोज १५, काठमाडौँ । चाबहिलबाट अवैध सुनसहित दुई जना पक्राउ परेका छन् ।

नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनिहरुकलाई प्रक्राउ गरेको जनाएको छ ।

उनिहरुको साथ प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको जनाएको छ । उक्त सुनको मूल्य रु १२ लाख बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले बताएको छ ।