१५ हजार घुससहित जिल्ला अदालतका नायब सुव्बा पक्राउ

0
6

कात्तिक २२, काठमाडौं । जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत एक नायब सुव्बा एक १५ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराइ दिएवापत सेवाग्राहीसँग १५ हजार घुस रकम माग गरिरहेको अवस्थामा नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको आयोगका जनाएको छ ।

६० हजारबाट बार्गेनिङ सुरु गरेका उनले पछि १५ हजारमा सहमति गरेकोमा विशेष सूचनाका आधारमा मुसिकोट नगरपालिका वडा नं १ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडिबाट पक्राउ गरिएको आयोगका जनाएको छ ।