१३ औं साग : महिला भलिबलमा नेपालको विजय सुरुवात

0
14

मंसिर ११, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सानदार जित निकाल्दैं विजय सुरुवात गरेको छ ।

बुधबार त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा भएको खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा २५–९, २५-९ र २५-११ पराजित गरेको हो ।

प्रशिक्षक जगदीश भट्टले खेलको दोस्रो सेटपछि दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएका थिए । दोस्रो सेटको अन्तिम समयतिर कोर्ट प्रवेश गर्दै स्पाइकर उषा भण्डारीले पनि राष्ट्रिय टोलीका लागि डेब्यु गरिन् ।

समुह ए मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समुह बी मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् । नेपालले दोस्रो खेलमा विहीबार भारतसँग खेल्ने छ ।