१२ वटा सुन गोहोरोसहित एक जना पक्राउ

0
12

भदौ २, काठमाडौं । प्रहरीले मोरङबाट १२ वटा सुन गोहोरोसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रचौ सिक्टीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका-८ हर्चगढीबाट पथरी शनिश्चरे नगरपालिका-६ का जसबहादुर धिमाललाई शनिबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनले प्लाष्टिकको बोहोरामा राखेर सुन गोहोरो डायनिया तर्फ लैजाँदै थिए । पक्राउ परेका जसबहादुरलाई प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङ पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here