१० महिनाकी छोरीलाई जलाएर हत्या गरेको आरोपमा बुबाआमा पक्राउ

0
6

वैशाख २७, काठमाडौं । १० महिनाकी छोरीलाई जलाएर हत्या गरेको आरोपमा दार्चुलामा बुबाआमा पक्राउ परेका छन् ।

बिहीबार राति खरको थुप्रोमा राखेर आगो लगाई छोरीको हत्या गरेको आरोपमा प्रहरीले व्याँस गाउँपालिका–५ चुकपानीका नवीन विष्ट र आमा शिला विष्टलाई पक्राउ गरेको हो ।

घटनापछि भाग्दै गरेको अवास्थामा उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

स्थानीयले खबर गरेपछि विष्ट दम्पत्तिलाई धौलाकोट प्रहरी चौकीका असई अमीर रावलको टोलीले पक्राउ गरेको थियो ।

अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here