१० किलो चाँदीसहित भारतीय युवा पक्राउ

0
14

अनिल सापकोटा,
मंसिर ६, काठमाडौँ । वीरगंज महानगरपालिका २५ सिर्सिया खल्वाटोलाबाट भारत बिहार पश्चिम चम्पारणलखौरा टोल बस्ने ३० वर्षीय गुलसन साह कानुलाई १० किलोग्राम चाँदी सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित प्रहरीले बिआर २२ ए डि ३५२० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलको एयरफिल्टर भित्र लुकाइछिपाई ल्याएको उक्त चाँदी फेला पारी मोटरसाइकलमा सवार कानुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बरामद गरिएको समानसहित आवश्यक कारवाहीको लागि राजश्व अुनसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया, बारा पठाइएको प्रहरीले जनाएको छ ।
adsensebest financial budget appfreevzlomстоматалогияховербордовhttp://www.list-org.com/company/677179