हामी मिलेर सिंगो राष्ट्र र समाजलाई शान्त समुन्नत बनाउन सक्छौं

0
36
भरत बहादुर बिक, डिएसपी महानगरीय प्रहरी बृत, कमलपोखरी, काठमाडौ

पारस मल्ल

कात्तिक २१, काठमाडौं । सुरक्षा क्षेत्रमा क्रियाशिल हामी नेपाल प्रहरीको पहिलो दायित्व जुुनसुुकै समयमा पनि आम नागरिकको जीउनधनको सुरक्षा गर्नुु, शान्त र समुन्नत समाजको निर्माण गर्नु हो ।

यसको लागी सिमित श्रोत र साधनको बावजुुत पनि हामी अहोरात्र खटिएका हुन्छौं । समजमा कहिले काही झै झगडा, लुुटपाट, चोरी लगायतका घटनाहरु हुने गर्छन । यसलाई रोक्न, नियन्त्रण गर्नको लागी हामी सदैव नेपाल प्रहरी क्रियाशिल रहेको छ ।

हामीले सिंगो समाजलाई शान्त बनाउनको लागि आम नागरिक संग समन्वय गरेर समुुदाय साझेदारी अन्र्तगत बिविध कार्यक्रम गर्दे आएका छौ । यसले गर्दा पनि टोलवासी संग प्रहरीले घनिष्ठता अझ बढेको छ । अपराध र अपराधजन्य गतिबिधि नियन्त्रण गर्न हामीलाई सहज भएको छ । यस क्षेत्रमा अहिले त्यस्तो कुुनै घटनाहरु भएका छैनन, अथवा हुुन दिएका पनि छैन । नेपाल प्रहरीको उच्च सर्तकता र कार्य कै कारण कुुनै त्यस्तो घटना यहाँ भएको छैन ।

एउटा समाजमा बसिसके पछि समाजका आम नागरिकलाई आपसी, सद्भाव, भाईचारा कायम गर्न पनि आग्रह छ । नेपाली समाजमा कुनै पनि नराम्रा गतिविधिबाट उथल पुथल नगर्न सवैलाई अग्रह गर्छौ ।

हामीहरु सवै जना मिलेर नेपाली समाज र सिंगो राष्ट्रलाई शान्त र समुन्नत बनाउन सक्छौं । यो कुरा अरु राष्ट्रले गर्देला र हामी सफल बन्छौ भन्ने कुरा हुदैन हामीहरुले आफैबाट नै शुरुवात गर्न सक्नु पर्दछ । यो राष्ट्रमा म केहि गर्न सक्छु भन्ने सोचको साथ अगाडी बढेर देशको हितको लागी काम गर्नु पर्ने हुन्छ ।