स्याङ्जाकी सुनिताले जन्माइन् चम्ल्याहा (चार) शिशु

0
5

माघ २, काठमाडौं । पोखराको मणिपाल हस्पिटलमा एक महिलाले चम्ल्याहा (चार) शिशु जन्माएकी छन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि २६ वर्षीया सुनिता पौडेल प्रधानले बिहीबार बिहान ९ बजे शल्यक्रियामार्फत चार सन्तान (३ छोरी र १ जना छोरा) लाई जन्म दिएकी हुन्।

सुनिताले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो, दोस्रो छोरा १.३ किलो, तेस्रो छोरी १.३ किलो र चौथो छोरी १.४ किलो तौलका रहेका शल्यक्रियामा संलग्न डाक्टर महेन्द्र पाण्डेले जानकारी दिए। डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ।

डाक्टर पाण्डेका अनुसार सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ। तर चार शिशुको कुल तौल ५.६ रहेको जनाएको छ।

तौल कम भएकाले चारै नवजात शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ।