सेन्ट जेभिर्यस कलेजको छैटौ खुल्ला मिनी म्याराथुन प्रतियोगिता सम्पन्न

0
45

मंसिर २१, काठमाडौं । राजधानीको माईतीघर स्थित सेन्ट जेभिर्यस कलेजले “छैटौ खुल्ला मिनी म्याराथुन प्रतियोगिता ( 2019)” आज सम्पन्न गरेको छ ।

गरीब विद्यार्थीको सहयोगका लागि आयोजना गरेको खुल्ला मिनी म्याराथुनमा विभिन्न उमेर समुहका १० विधामा १९ सय जनाकले सहभागिता जनाएका थिए ।

म्याराथुन सेन्ट जेभिर्यस कलेजको गेटबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, आरएनएसी, जमल, लैनचौर, नागपोखरी, हात्तिसार, पुतलीसडक, अनामनगर, बिजुलीबजार हुदै सेन्ट जेभिर्यसको गेटमा आएर १० कि.मी.को दौड समापन भएको थियो ।

छैटौ खुल्ला मिनी म्याराथुनमा ३० वर्ष माथि पुरुषमा सन्दीप मगरले प्रथम स्थान हसिल गरे भने नवराज कार्की दोस्रो र कपिल भट्टले तेस्रो स्थान हासिल गरे, भने ३० वर्ष माथि महिलामा मुना रावलले प्रथम स्थान हसिल गर्दा सजिता दयाल दोस्रो र जेनिसा राना थपाले तेस्रो स्थान हासिल गरिन् ।

त्यस्तै ३० वर्ष मुनि पुरुषमा विशाल बानियाले प्रथम स्थान हसिल गर्दा अविशेख पण्डित दोस्रो र श्यामराज गुरुगले तेस्रो स्थान हासिल गरे । महिलामा शुस्मा तमाङ प्रथम, प्रतिक्षा राई दोस्रो र अन्जु खड्का तेस्रो स्थान हासिल गर्न सफल भइन ।
त्यस्तै कलेज स्टार्फमा शिव थापा प्रथम, झपेन्द्र पण्डित र गणेश योगी दोस्रो र तेस्रो स्थानमा आए । प्रोफेस्नल विधामा प्रविन चौलागाई, जुनियर विधामा सगर मगर र सिनियर विधामा किशोर रानाभाटले प्रथम स्थान हासिल गर्न सफल भए । मिनी म्याराथुन मा फादर जिजुले समेत भाग लिनुभएको थियो ।

खुल्ला मिनी म्याराथुन कार्यक्रमा सशस्त्र प्रहरीका प्रमुख महानिरीक्षक शैलेन्द्र खनाल प्रमुख अथितिको रुपमा उपस्थिति हुनुभएको थियो ।

त्यस्तै सेन्ट जेभियर्स कलेजका Principal Fr Jiju Varghese S.J. , डा. अमेर न्यौपाने, युवा हुङ्कार राष्ट्रिय मासिक पत्रिकाका प्रधान संम्पादक भूवन केसी, Orbit int’l Edu Consultancy का सिओ विष्णु पुरी, NMB Bank का श्याम अधिकारी, फादर अनुप लगाएत अथितिको रुपमा सहभागिता हुनुभएको थियो ।

खुल्ला मिनी म्याराथुन प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई सशस्त्र प्रहरीका प्रमुख खनाल, सेन्ट जेभिर्यस कलेजका फादर जिजु लगाएतका अथितिहरुले मेडल र पुरुस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रमा मन्तब्य राख्ने क्रममा महानिरीक्षक खनालले भनुभयो धेरै राम्रो कार्य गर्नु भयो भन्दै अयोजकको प्रसंसा गर्नु भयो । अर्का बर्षको म्याराथुनमा म पनि सहभागिता जानाउछु खनालले भन्नु भयो ।

कार्यक्रमको अन्त्य गर्दै सेन्ट जेभियर्स स्पोर्टस क्लबका अध्यक्ष शाहिल नेपालले सबैलाई धन्यवाद दिनुभएको थियो ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा Shine Builders & Engineering Construction Company रहेको छ भने सह प्रायोजकमा world link, Orbit int’l Edu Consultancy, Pepsi, NMB bank, सर्वोत्तम सिमेन्ट, आदि रहेका थिए । त्यस्तै मिडिया पार्टनरको रुपमा युवा हुङ्कार राष्ट्रिय मासिक पत्रिका रहेको थियो ।