मंसिर १७, काठमाडौँ । काठमाडौ माईतीघरस्थित सेन्ट जेभियर्स कलेजले “छैटौं खुल्ला मिनी म्याराथुन प्रतियोगिता २०१९” को आयोजना मंसिर २१ गते (शानिवार) गर्ने भएको छ ।
विगत केहि वर्ष देखी विकट क्षेत्रका गरीब बालबालिको सहयोगका लागि सेन्ट जेभियर्स कलेजले खुल्ला मिनी म्याराथुन प्रतियोगिता गर्दै आइरहेको सेन्ट जेभियर्स कलेजका Principal Fr Jiju Varghese S.J. ले बताउनु भयो ।
एक दिन चल्ने प्रतियोगिताको उद्घाटन विहान ७ बजे र सम्पन्न करिब ११ बजे हुने सेन्ट जेभियर्स स्पोर्टस क्लबका अध्यक्ष शाहिल नेपालले बताए ।
सशस्त्र प्रहरी प्रमुख महानिरीक्षक शैलेन्द्र खनालले प्रमुख अथितिको रुपमा खुल्ला मिनी म्याराथुन प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
डा. अमेर न्यौपाने, युवा हुङ्कार राष्ट्रिय मासिक पत्रिकाका प्रधान संम्पादक भूवन केसी, Orbit int’l Edu Consultancy का प्रकाश पाण्डे लगाएत अथितिको रुपमा रहनुहुने जनाएको छ ।
यस वर्षको खुल्ला मिनी म्याराथुनमा विभिन्न उमेर समुहका १० विधामा २० वटा ट्रफी रहने क्लबका अध्यक्ष नेपालले जनाए ।
बिजेताले मेडल, ट्रफी, प्रमाणपत्र, विभिन्न गिफ्ट ह्यामपर प्राप्त गर्ने आयोजकले बताएको छ । प्रतियोगितामा २ हजार भन्दा बढि प्रतिसपर्धी सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा Shine Builders & Engineering Construction Company रहेको छ भने सह प्रायोजकमा world link, Orbit int’l Edu Consultancy, Pepsi, NMB bank, सर्वोत्तम सिमेन्ट, आदि रहेका अयोजकले जनाएको छ ।
त्यस्तै मिडिया पार्टनरको रुपमा युवा हुङ्कार राष्ट्रिय मासिक पत्रिका रहेको छ ।