सुविसु कार्यालयमा आगलागी

0
32

साउन २२, काठमाडौं । बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा आगलागी भएको छ ।

बुधबार दिउँसो करिब पौने  १ बजे देखि लागेको आगो अझै निभाउन सकिएकाे छैन ।

आगो निभाउन  नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बसिन्दालगायतले प्रयास गरिरहेका छन् । वारुण यन्त्रमार्फत आगो नियन्त्रणमा लिने प्रयास भए पनि आगो ठूलो फैलिएकाले नियन्त्रणमा आउन ढिलाइ भएको छ ।

जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । कार्यालय वरपर रहेका बिजुलीका पाेल तथा तार जलेर नष्ट भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here