सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले पदबाट दिए राजीनामा

0
8
उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश

कात्तिक २४, काठमाडौं । कञ्चनपुरमा अवस्थित एक क्याम्पसको शेयर बिक्रिमा संलग्न भएको आरोप लागेका  सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।

राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका छन्। ‘क्याम्पसको शेयर बिक्रीमा मेरो कुनै संलग्नता नरहेको विषयमा झुठा उजुरी दिँदा प्रहरीको अनुसन्धानमा म उपर कहीँ कतै आरोप नहुँदा नहुँदै पनि जवरजस्ती मुद्दा सृजना गर्ने प्रयास केही व्यक्तिहरुले गरेका छन्’, राज्यमन्त्री रावलको विज्ञप्तिमा भनिएको छ।

रावल कञ्चनपुर-३ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।