सीमा अतिक्रमणविरुद्ध भारतीय दूतावासमा प्रदर्शन गर्न पुगेका नेविसंघका नेताहरु प्रहरी नियन्त्रणमा

0
6

मंसिर १, काठमाडौं । भारतले नेपाली भूमि कालापानी लिम्पयाधुरा र लिपुलेक आफ्नो नक्सामा पारेको बिरोध गर्न लैनचौरस्थित भारतीय दूतावास पुगेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालो ब्यानर र राष्ट्रिय झण्डासहित विद्यार्थीहरु भारतीय दूतावास लैनचौर अगाडि पुगेका थिए। उनीहरुले बेलुनमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाएर कालो ब्यानरमा उडाएका थिए। व्यानरमा मोदीलाई नेपालको नक्सा हेर भनेर लेखिएको छ।

प्रहरीले ६ जना विद्यार्थी नेतालाई पक्राउ गरी हत्कडी लगाएर सोह्रखुटटे लगेको नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले बताए।

विद्यार्थी नेताहरु कृष्ण पुडासैनी, नवराज त्रिपाठी, मनिष सिम्खडा, सरोज थापा, सन्तोष पाण्ड र दीपेश ओझा पक्राउ परेका जनाएको छ ।