सीएसडब्लु को ६३ औँ बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारी

0
25

फागुन २८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संयुक्त राष्ट्रसंघीय आयोग सीएसडब्लु को ६३ औँ बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीले ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बोधनपछि राष्ट्रपति भण्डारी उच्चस्तरीय गोलमेच बैठकमासमेत सहभागी हुने कार्यक्रम छ । उहाँले राष्ट्रसंघका महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेससँग शिष्टाचार भेट गर्नुहुनेछ ।

त्यस्तै राष्ट्रपति भण्डारीले मंगलबार बेलुका स्टोनियाका राष्ट्रपति, क्रोयसियाका राष्ट्रपतिलगायतसँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले सोमबार साँझ आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here