सिद्धबाबा कृष्णदासजी आइसियूमा

0
3

मंसिर १५, काठमाडौं । बलत्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई आइसियूमा सारिएको छ।

आइतवार बिहानै विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ बाट आइसियूमा सारिएको अस्पतालले जनाएको छ।

गिरीबिरुद्ध बलत्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीले दर्ता भइसकेको छ। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ। प्रहरीले अदालतबाट पक्राउपुर्जी लिएर पक्राउ गर्ने तयारी गरिरहेको छ।  तर ‘सिद्धबाबा’ भने आफूलाई षडयन्त्रमा पारिएको दाबी गरिरहेका छन्।