सिडनीको स्थापीत ब्रान्ड बन्दै “मिर्ची” रेस्टुरेन्ट

0
214

मंसिर ०४ काठमाडौं । मिहिनेत र परिश्रमले मानिशलाई सफलताको वाटोमा नडोहराउने कुरै हुदैन । यस्तै परदेशी भुमिमा सफलताको कथा जोडने पात्र हुन चितवनको दिपराज सापकोटा र बिषय बस्तु हो यहाँंको मिर्ची रेस्टुरेन्ट ।

अस्ट्रेलियाको सीड्नी वरपर नेपाली तथा भारतिय समाजमा पनि लोकप्रीय बनेको एउटा नाम छ त्यो हो मिर्ची । हुन त झलक्क सुन्दा यो नाम कता कता हामीले सुनेको जानेको जस्तो लागी हाल्छ । अझ तराइ मधेशवासीहरुको लागि त यो अपरिहार्य भोजन नै हो । र्मीर्ची अथवा खुर्सानी या पीरोको द्योतक बन्ने कुरो नेपाली र भारतियले सहजै बुझीहाल्छन । तर यो नेपाली तथा भारतिय खानाको फ्युजनको रुपमा अगाडि बढाइएको एउटा भोजनगृहको नुमना पनि हो । सीड्नीमा भबिष्य खोज्न आएका दिपराजले यो क्षेत्रमा लामो समय अनुभव बटुले र पछि यसमा हात हाले ।

अहिले उनको अनुभवले परिपक्क मात्र हैन परिवर्तन पनि ल्याएको छ उनको जिवनमा । प्रारम्भमा यसै हस्पीट्यालीटी बिजनेशमा काम गरेका दिपराजको यतखिेर सिडनी वरपर सातवटा मिर्ची रेस्टुरेन्ट सन्चालनमा छन । उनले यसै हप्ता कोग्राहमा मिर्चीको नया शाखा खोले । यो सहित दिपराजको टाउन हल, हर्षभिल , कोग्राह लगायत सातवाट मिर्ची रेष्टुरेन्ट सन्चालनमा आएका छन ।

सपरिवार सिडनीमा रहेको दिपराज अझै पनि दिनको १०,१२ घन्टा खट्छन , मिहिनेत र परिश्रमले नै उफल भइएको कुरा उनले भुलेका छैनन । स्पष्ट बोली, साथीभाइका प्यारा दिपराज सिडनीका सामाजिक कार्यक्रम पनि भ्याउन पछि पर्दैनन । स्थापीतको क्रममा भएकोले मन भएकोले पनि तन उपस्थीत गराउन कठिन भैरहेको छ तर सहयोग र सदभाव भने सबैखाले सामािजक काममा अगाडि सरेरै गर्ने गर्छन उनि । मिर्ची एएटा स्थापीत ब्रान्ड बनेकोमा खुसी र गर्व लाग्छ , मेरो महिनेत र परिश्रमको फल पाएजस्तो,दिपराज सफलताको कथा यसरी सुनाउछन । हुन पनि सिडनीको बजारमा सस्तो र मिठो नेपाली परिकारका लागि मिर्ची लोकप्रीय पनि छ । केहि भारतिय स्वाद र धृरै नेपाली खानाको मिश्रणले उनको यो नामलाई पनि असल कामका रुपमा चित्रण गरेको छ ।

परिवारजनको सहयोग नै सफलताको अर्को पाटो भन्न रुचाउने दिपराज श्रीमती अमृता र छोरा सुवास अनि छोरी अन्जली र भाई बीष्णु सापकाेटाको माया ममता र हौसला आफ्ना लागि नया काम गर्ने हौसलाका रुपमा रहेको बताउछन । उनको सातौ कोग्राह ब्रान्डको उदघाटनका अवसरका आइसी सदस्य दिनेश जोशी, पुराना सन्चारकर्मी डिल्लाी ढकाल, समाजिक अभियन्ताहरु पुर्णनाथ घिमिरे, सुदुर पश्चिम समाजका अध्यक्ष केशव जोशी, स्थानिय युवाहरु थानु शाक्यलगायतले सफलताको शुभकामना प्रदान गरेका थिए ।

जे होस छोटो समयमा सिडनीको रेस्टुरेन्ट व्यबशायमा एउटा नाम र ब्रान्ड स्थापीत गर्न सफल दिपराज र मिर्चीलाई सफलताको शुभकामना ।

входвконтакткопирайтингреклама бренда представляет собойカタログ ハウス 温故知新грузоперевозки украинажалюзи в интерьере

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here