साहुखलको ए डिभिजन लिगमा सय गोल पूरा

0
8

पुस २३, काठमाडौं । च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले ए डिभिजन लिगमा सय गोल पूरा गरेका छन् । साहुखल लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

बुधबार नेपाल पुलिस क्लव विरुद्धको खेलको १७औं मिनेटमा गोल गर्दै लिगमा गोलसंख्या १०० पुरा गरेका हुन्।

हेमन्त थापामगरको फ्रिकिकलाई विपक्षी गोलकिपरले नियन्त्रणमा लिन नसकेपछि नजिक रहेका सन्तोषले वान टचमा बराबरी गोल गरेका थिए।

यस सिजनमा उनको यो चौथो गोल हो । सिजनको पहिलो खेलमा संकटाविरुद्ध २ र दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गरेका थिए ।

साहुखलले २०६० मा संकटाविरुद्ध लिगमा डेब्यु गोल गरेका थिए ।

लिगमा साहुखलको गोल 

२०६० : ६ गोल (थ्री स्टार)

२०६१ : ६ गोल (एपीएफ)

२०६२ : ९ गोल (थ्री स्टार)

२०६३ : ११ गोल (थ्री स्टार)

२०६६-६७ : १९ गोल (थ्री स्टार)

२०६८ : १६ गोल (मनाङ)

२०६९ : १७ गोल (थ्री स्टार)

२०७० : ९ गोल (थ्री स्टार)

२०७५ : ३ गोल (च्यासल)

२०७६ : ४ गोल (च्यासल) खेल जारी