साग : पुरुष क्रिकेटमा माल्दिभ्सलाई हराउँदै नेपालले जित्याे कांस्य पदक

0
7

मंसिर २३, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली पुरुष क्रिकेट टिमले माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कांस्य पदक जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गदै माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायाे ।

माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिजवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।

जवाफमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍याे । साग क्रिकेटमा नेपालले कांस्य पदक जितेको याे पहिलो पटक हो । नेपालले स्वर्णको लक्ष्य राखेको भए पनि श्रीलंका र बंगलादेशसँग पराजित हुँदा नेपालले कांस्यमा चित्त बुझाउन परेकाे हाे । स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेश खेल्ने छन् ।