साग : नेपाली महिला र पुरुष फुटबल टिम विजयी

0
4

मंसिर १७, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत मंगलबार नेपाली पुरुष तथा महिला फुटबल टिमले जित हाँसिल गरेको छ। पुरुष टिमले भुटानलाई तथा महिला टिमले श्रीलंकालाइ पराजित गर्यो।

नेपाली पुरुष फुटबल टिमले भुटानलाई ४-० ले पराजित गरेको गर्यो। नेपालको जितमा  कप्तान सुजल श्रेष्ठले २ गोल गरे। सुजलले पाँचौ र पचासौं मिनेटमा गोल गरे। यस्तै अभिषेक रिजालले ६५ औं मिनेटमा तथा ७५ औं मिनेटमा मिक्चेन तामांगले चौथो गोल गरे।

जितसंगै नेपालले महत्वपूर्ण ३ अंक बटुलेको छ। नेपालले अब बुधबार श्रीलंकासंग खेल्नेछ।

त्यस्तै पोखरा रंगशालामा सम्पन्न खेलमा नेपाली महिला फुटबल टिमले श्रीलंकालाई १–० ले पराजित गरेको हो। नेपालले पुरा समय श्रीलंकालाई दबाबमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो। नेपालको लागि शरु लिम्बुले ८८ औ मिनेट गोल गर्दै जितईन नेपाललाई जितईन ।