साइबरक्राम सम्वन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

0
24

पुस २८, काठमाडौं । शिखर युवा क्लब घट्टेकुलो र काठमाडौं महानगरपालिका वडा २९ ले संयुक्त रुपमा आयोजना गरेको साइबरक्राइम सम्वन्धि एक दिन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

अमृतभोग क्याटर्स कालिकास्थानमा आज सम्पन्न कार्यक्रमको सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोको सहकार्य रहेको थियो ।

साइबरक्राम सम्बन्धि प्रशिक्षण अमेरिकाको एक विश्वविद्यालयमा आइटी अध्यापन गराइरहेका प्रो. डा. रामहरि सुदेदीले दिए ।

विश्वमा साइबरक्राम बढिरहेको समयमा नेपालमा यसको प्रभाव र यस सम्बन्धि कसरी बच्न सकिन्छ भन्ने सम्बन्धमा डा. सुवेदीले प्रशिक्षण दिए।

डा. सुदेदीले कार्यक्रमा भने, आइटी क्षेत्रमा नेपाल सरकारले प्रयाप्त लागनी गर्नु पर्ने हुन्छ । नेपालमा आइटी सम्वन्धि त्यस्तो कुनै पनि गतिलो लगानी भएको देखिको छैन डा. सुदेदीले बताए ।

विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराधका रुपमा लिने गरिन्छ । नेपालमा पछिल्लो चरणमा साइबर अपराध निकै बढिरहेको छ ।

प्रशिक्षण कार्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा नेपाली काग्रसका नेता एवंम सासद प्रकाशमान सिंह, प्रदेश सासद दिपेन्द्र श्रेष्ठ, कामनपा वडा २९ का वडा अध्यक्ष कुश कुमार ढकाल, महानगरिय प्रहरी वृत सिंहदरबारका प्रहरी प्रमुखलगायत ५० जनाको सहभागीता रहेको थियो ।

के हो साइबर अपराध ? 

विकीपिडियामा उल्लेख गरेअनुसार खासगरी साइबर माध्यमको दुरुपयोग गरेर हुने गलत तथा गैरकानुनी क्रियालाई साइबर अपराध भनिन्छ । विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराधका रूपमा परिभाषित गरिएको छ । अन्य अपराधभन्दा यसको प्रकृति र शैली बिलकुल फरक छ भने यसको प्रभाव पनि शक्तिशाली र आम रूपमा हुन्छ ।

विद्युतीय प्रविधिको गलत प्रयोगले निम्त्याउने यो अपराध अन्य अपराधभन्दा भिन्न शैलीको छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिक कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याइने क्षतिलगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको छ ।