सशस्त्र प्रहरी बलले प्रेस विज्ञप्ती निकाल्दै भन्यो : महानिरीक्षकले दुई वटा मात्रै सवारी प्रयोग गर्नुहुन्छ

0
110

पुस १६, काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षकले आठ वटा सवारी साधन प्रयोग गरेको भनी प्रकाशित भएको समाचार विभिन्न संचार माध्यममा आएपछि सशस्त्र प्रहरी बल ले प्रेस विज्ञप्ती नै निकालेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता सुरज कुमार श्रेष्ठ ले युवा हुङ्कारसँग ‘भने सशस्त्र प्रहरी महानिरीक्षकले कामको सिलसिलामा दुई वटा मात्रै सवारी साधन नियमित रुपमा प्रयोग गर्नुहुन्छ, तर केही सञ्चार माध्यमहरुमा भने प्रमुख ले नै आठवटा सवारी प्रयोग गर्नुहुन्छ भनेर प्रकाशित गर्नुभएछ जुन गलत छ ।’  सशस्त्र प्रहरी बल नेपालसँग रहेका सवारी साधनहरु विभिन्न सुरक्षा प्रयोजनमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय एवं सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरु तथा सशस्त्र प्रहरी कर्मचारीहरुले प्रयोग गर्ने गरेका छन् ।

समाचारमा प्रकाशित सवारी साधनहरु मध्ये एउटा सवारी साधन सुरक्षा प्रयोजनको सिलसिलामा प्रयोग भईरहेको सवारी साधन हो भने अन्य पाँच वटा सवारी साधनहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सवारी शाखा मातहत रहेको तथा ती सवारी साधनहरु आवश्यकता अनुसार सरकारी कामको सिलसिलामा प्रयोग हुने जानकारी सशस्त्र प्रहरी बलको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । native advertising deutschlandпринять смссвопингснасти для спиннингаicephotoГамлет Тунян

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here