सर्वोच्चले शिलबन्दी तोड्न सरकारका नाममा आदेश

0
16

भाद्र १४, काठमाडौं । सुन तस्करीको लगानी रहेको आरोपसहित शिलबन्दी गरिएको बाजेको सेकुवा रेस्टुरेण्ट खोल्न सर्वोच्च अदालतले बुधबार सरकारलाई अन्तरिम आदेश दिएको छ।

बाजेको सेकुवाका संचालक चेतन भण्डारीकी पत्नी नीतिमा भण्डारीद्वारा दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले शिलबन्दी तोड्न सरकारका नाममा आदेश दिएको हो।

चेतनलाई संगठित अपराध ऐनअन्तर्गत सुन तश्करीसँग जोडेर मुद्दा चलाइएको छ। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बाजेको सेकुवाका सबै शाखा खोल्न आदेश दिएको हो।

उपत्यकाका ६ स्थानमा बाजेको सेकुवा कर्नर संचालनमा थिए। पेशा व्यवसाय गर्न पाउने संवैधानिक हकमा आघात पुगेको दाबी नीतिमाको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here