सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसको जागरण अभियान आजबाट

0
5

वैशाख २५, काठमाडौं । सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।

सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाफ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण गर्न आजबाट जागरण अभियान सुरु गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले  यसअघि वैशाख ११ बाट जागरण अभियान सुरु गर्ने तय गरेको थियो । तर पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि निर्धारित कार्यक्रम स्थगित भएको थियो ।

‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरि देशभर चल्ने कांग्रेसले जनाएको छ ।

आजबाट सुरु हुने पहिलो चरणको अभियान १ महिना चल्नेछ । पहिलो चरणअन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन हुनेछ । दोस्रोमा ३ सय ३० प्रदेश र तेस्रोमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।

जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाएको छ । सम्पादन गर्नुपर्ने कामबारे जिम्मेवारीपत्र दिएर कांग्रेसले केन्द्रीय नेताहरुलाई जिल्ला पठाएको हो । कार्यक्रमलाई सफल पार्न कांग्रेसले भातृसंगठनहरुलाई पनि जिल्लामा परिचालन गरेको जनाएको छ ।

समी र बर–पिपलमध्ये १ विरुवा रोपेर कार्यक्रम उदघाटन गर्न सबै जिल्लामा कांग्रेसले सर्कुलर गरेको छ । त्यस्तै, जागरण अभियानमा बजाउन जागरण गीत तयार पारिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लेखेको गीत नेवारी, मैथिली, राई, भोजपुरीलगायतका १२ भाषामा तयार पारिएको हो ।

अभियानमा ३ वक्ताले आफ्नो धारणा राख्नेछन् । सबै कार्यक्रममा महिला वक्ता अनिवार्य गरिएको कांग्रेसले जनाएको छ । live teen camкак вычислить местоположение человека по мобильному телефонукупить воблер страйк проluxury earmuffsvoyage organisé moscou st petersbourgfr.sunnic.xyz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here