सभामुख महराको राजीनामा स्वीकृत

0
12

असोज १५, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले मंगलबार दिएको राजीनामा स्वीकृत भएको छ ।

महराको राजीनामा उपसभामुखको आदेश अनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम (२) बमोजिम स्वीकृत गरिएको संसद सचिवालयले जनाएको छ ।

महराले यौन दुर्व्यवहार आरोप प्रकरणमा मंगलबार ‘विभिन्न सञ्चारमाध्यममा आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनका लागि अनुसन्धान गर्न सहज होस्’ भन्दै नैतिकताका आधारमा राजीनामा दिएको जनाएका थिए।