सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन गरे अस्वीकार

साउन २८, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि अमेरिकाको भिसा आवेदन दिएका सन्दिपले भिसा नपाएपछि ट्विट गर्दै आफु आश्चर्यमा परेको बताएका छन् । मैले काठमाडौंस्थित अमेरिकी दूतावासका भिसा आवेदन दिएको थियो। मंगलबार अन्तर्वार्ता थियो।

सन्दीपले क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।