सञ्चारमन्त्रीलाई बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन काँग्रेसको माग

0
9

फागुन ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई सार्वजनिक आग्रह गरेका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी भइरहँदा मन्त्रीले कमिसन मागेको अडिओ सार्वजनिक भएको भन्दै विज्ञप्तिमार्फत् निष्पक्ष अनुसन्धान गर्न समेत माग गरेको छ।

विज्ञप्तिमा भनेको छ, “७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडिओ ‘हाम्रा कुरा’ मार्फत् सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस प्रधानमन्त्रीलाई सार्वजनिक रूपले आग्रह गर्दछ।”