सगरमाथाको आधार शिविरमा फेसन शो गर्दै कासा नेपाल

0
34

मंसिर २२, काठमाडौं । कासा नेपालले विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा फेसन शो गर्ने भएको छ । २५ जनावरी २०२० मा सगरमाथा आधार शिविरमा ‘द माउण्ट एभरेष्ट फेसन रनवे’ आयोजना गर्न लागेको हो ।

फेसन डिजाइनर रमिला नेम्कुलले गरेको जैविक विविधता र प्राकृतिक महत्वका फेसनको अनुसन्धानका आधारमा यो फेसन रेनवे आयोजना गर्न लागिएको कासा नेपालले जनाएको छ ।

फेसन सोमा नेपाली मौलिक फाइबरले बुनेको कपडा र पत्थरका गहना प्रदर्शनका लागि राखिने कासा नेपालले जनाएको छ । फेसन डिजाइनर नेम्कुलद्वारा गरिने शोमा नेपालमा वाताबरण मैत्री बस्त्र निर्माण गर्ने  उल्लेख छ । कासालाई  ‘अरुविल्ल’, ‘लिभिङ स्टोन फाउन्डेसन इन्टरनेश्नल’ र ‘आई आई टी’ अन्तराष्ट्रिय संस्थाहरुको सहयोग छ ।

विश्व किर्तिमानी फेसन रनवेमा १५ जना अन्तराष्ट्रिय मोडलको साथमा ५ नेपाली मोडलहरुले भाग लिनेछन् । उक्त फेसन शोका लागि कासाले वातावरण मैत्री डिजाइनका कपडाहरु, स्याम्पु, डिटर्जेन्ट प्रयोग गर्ने र त्यसले हिमालमा प्रदुशण नथप्ने सुनिश्चित गराएको छ ।