शव बोकेको एम्बुलेन्स र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु

0
5

मंसिर १५, काठमाडौं । सुनसरीको कोसी गाउँपालिकास्थित हरिपुरमा शनिबार राति एम्बुलेन्स र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित हरिपुरमा पश्चिम जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स विरजञ्जबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा विराटनगरबाट र शिवमाया राईको शव लिएर गाइघाट गइरहेका त्रियुगा नगरपापलिका उदयपुरका राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई र दिनेश राई रहेका प्रहरीले जनाएको छ ।

उनीहरु सबै एउटै परिवारका हुन सक्ने प्रहरीले जनाएको छ। मृतक सबैको शव सुनसरी सदरमुकामस्थित इनरुवा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।