विशेष महाधिवेशन आव्हान गर्दैन् तर जिल्ला सभापतिहरुले बोलाए सामना गर्न तयार छु: देउवा

0
7

चैत्र २१, काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुले माग गरेको विशेष महाधिवेशन सामना गर्न आफू तयार रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयो, पार्टीको विशेष महाधिवेशन आव्हान नगर्ने तर उनीहरुले बोलाए सामना गर्न तयार रहेको बताउनुभयो ।

विशेष महाधिवेशन फेस गर्न तयार छु, पार्टीले बोलाउँदैन, जिल्ला सभापतिहरुले बोलाउँछन् भने बोलाउन्, फेस गर्न तयार छौँ,’ उहाँले भन्नुभयो।

पार्टी एक जुट गराएर अगाडि बढ्ने क्रममा रहेकोले केही जिल्ला सभापतिहरुको चलखेलले कुनै फरक नपर्ने धारणा राख्नुभयो ।

संवैधानिक क्षेत्रको व्यक्ति नियुक्ति जस्तो निर्णय गर्दा सरकारले प्रतिपक्षसँग सहकार्य नै नगरेको भन्दै देउवाले सरकारको आलेचना समेत गर्नुभयो।

उहाँले सरकारले एकलौटी निर्णय गरेकोले प्रतिपक्षी दलको हैसियतले पनि सरकारले गरेका गलत निर्णयका विरुद्ध आन्दोलन गर्ने तयारीमा रहेको बताउनुभयो ।

‘न्याय परिषदले गर्ने निर्णय राजनीतिभन्दा बाहिर हुनु पर्छ’, तर परिषद्ले गरेको निर्णय या गलत भनेर टिप्पणी गर्न जरुरी छैन । न्याय परिषद्लाई राजनीति हस्तक्षेपबाट मुक्त राख्नुपर्छ सभापति देउवाले भन्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here