विभिन्न गहना चोरी गरेको अभियोगमा पक्राउ

0
7

सुर्खेत, साउन २९
पंचपुरी नगरपालिका २ पलैटे बस्ने २२ वर्षीय हिक्मत सुनारलाई विभिन्न गहना चोरी गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनले गहना चोरी गरी ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरभित्र धाराको च्याम्वरमा लुकाई राखेको अवस्थामा सुनका जस्तो देखिने विभिन्न गहना फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।