विद्यार्थीले जलाए भारतको नयाँ नक्सा

0
7

कात्तिक २२, काठमाडौं । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले सार्वजनिक गरेको नयाँ नक्सामा समेटिएको भन्दै आज विद्यार्थीले लैनचैरस्थित भारतीय राजदूतावासअघि विरोध प्रदशर्न गरेका छन्।

सत्तारूढ समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियनलगायतको संयुक्त विद्यार्थी आन्दोलनले शुक्रबार बिहान लैनचैरस्थित भारतीय राजदूतावासअघि विरोध प्रदशर्न गरेका हुन।

विद्यार्थीहरूले भारतले सार्वजनिक गरेको नयाँ नक्सा पनि जलाएका छन्। विद्यार्थीहरूले ‘लिपलेक  हाम्रो हो’, ‘भारतीय विस्तारवाद-मुर्दावाद’, ‘अतिक्रमित नेपाली भूमि फिर्ता गर’ भन्दै नारा लगाएका थिए।