विकृतिरहित ढंगले चाडपर्व मनाऔं : मुख्यमन्त्री पौडेल

0
24

असोज १४, काठमाडौं । प्रदेश नम्बर ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढंगले मनाउनुपर्ने बताएका छन् ।

विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा मंगलबार आयोजित शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सांस्कृतिक र धार्मिक हिसाबमा सम्पन्न रहेको बताए ।

मुख्यमन्त्री पौडेलले बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भए पनि एकअर्काबीच सदभाव, सम्मान र समभावका कारण नेपाली–नेपालीबीचको बलियो एकता रहेको बताए ।

विजयादशमी, दीपावली, नेपालसंवत् तथा छठ पर्वका अवसरमा उहाँले देश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामनासमेत व्यक्त गरे ।