वार्षिक साधारण साभा सम्मपन्न गर्दै विरुवा नेपाल

0
133

 

संवाददाता

आश्विन १४ भत्तपुर । “हिमाल पहाड तराई कोहि छैन पराई, हामी सबै नेपाली दुःख पर्दा जुटौ हातमा मिलाई” भन्ने नारालाई आत्मसाथ गर्दै बिरुवा नेपालले आफ्नो तेस्रो वार्षिक साधारण साभा आइतबार सम्मपन्न गरेको छ ।

चाँगुनारायण नगरपालिकाको हलमा आयोजित गरेको कार्यक्रमा प्रमुख अथितिको रुपमा सो नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, विषेश अथिति सो नगरपालिकाकी उप प्रमुख रहनुभएको थियो ।
कार्यक्रमा पत्रकार, प्रहरी प्रमुख, अदिको सहभागि थियो ।

बिरुवा नेपालले सहकारी संस्थाहरुको विश्वास र मायाको कारणले गर्दा तराईका बाढिपिडित व्याक्तिहरुका लागि खाद्यन्य सामाग्री वितरणको लागि खरिपाटि, कमलविनायक, मालपोत टाउन प्लानिङ आदि मुख्य स्थाहरुमा रहेका पसलहरु, घरहरु तथा चिनेजानेका महानुभावहरुसँग रकम, खाद्यन्य, लत्ताकपडा संकलन गरी बाढिपिडितहरुको घर आगनमै गई राहत सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति उत्सब गिरीले बताउभयो ।

त्यसै गरी विरुवा नेपालले चाँगुनाराणय नगरपालिका वडा न. ७ स्थित वागेश्वरी कन्ट्रीसाइड बोडिङ्ग स्कुलमा सो नगरपालिका भित्र वसोवास गर्ने अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारका ५ जना बालबालिकाहरुलाई छात्रवृत्ति उपलब्ध गराई पढ्न सहयोग गरिरहेको पनि बताउनुभयो ।

अब हामी चाँगुनाराणय नगरपालिका संग सहकार्य गरेर काम गर्न चहान्छौ, नगरपालिकाको एक घर दुई विरुवा भन्ने अभियान छ, त्यो आभियानलाई पनि साथ दिने प्रतिवदता जनाउनु भयो ।

प्रमुख अथिति तथा चाँगुनाराणय नगरपालिका प्रमुख मिश्रले विरुवा नेपालले गरेरको कामको प्रसंसा गर्नुभयो र यो संस्थाले यस्तै कामहरु गर्दै जाउस् भन्ने सुभाकामना दिनुभयो ।

कार्यक्रममा बाल्ने विभिन्न वक्तहरुले विरुवा नेपालले गरेको कार्यको प्रसंसा गनुभयो ।

कार्यक्रमा विभिन्न सहयोगिदाताहरुलाई प्रशंसा पत्र सहित सम्मान गरियो ।

 

  декор дома товары для хобби и творчествапоисковая оптимизация googlevelour dressesобзор конструкторов сайтовabout stockholmi never smile if i can help it