वाइड बडी खरीद प्रकरणमा मेराे संलग्नता छैन : देउवा

0
24

पुस ३०,काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

सोमबार  धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले भने, ‘‘म प्रधानमन्त्री हुँदा १९ मन्त्रालय मेरो जिम्मेवारीमा थिए। भर्खरै प्रधानमन्त्री भएको बेला थियो, कुन मन्त्रालयमा के भयो मलाई जानकारी छैन ।”

पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताउदै देउवाले थपे ‘पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आह्वान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको हो,त्यसै नाम जोड्ने कुरा भएन नि ।’

फरक प्रसंगमा देउवाले भने ‘केसीसँग वार्ता गरेरै हामीले ऐन ल्याएको थियौ,त्यो लागु हुनुपर्छ,  विद्यार्थी विदेश जानु नपरोस्, नेपालमा चिकित्सा शिक्षा राम्रो होस भनेर ऐन नै पास गरेको सरकारले फेरि परिवर्तन गरिदियो ।’ жидкийприложения для английскогоbrparamonov.xyzкак взломать страницу в вк зная логинтри римскаяКарго из Китая