वरिष्ठ साहित्यकार दीक्षितको निधन

0
4

साउन ३०, काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ।

निमोनियाका कारण गएको साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीमा रहेको हिमाल अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

मदनमणि दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा जन्म भएको थियो।

माधवी ग्रन्थकालागि उहाँलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो ।

उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । आजै उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here