वडालाई समृद्ध र जनतालाई खुशी र सुखी बनाउन, वडा अध्यक्ष कार्की सक्रिय

0
181
वडा नं. ३० का वडा अध्यक्ष दलबहादुर कार्की

पारस मल्ल

मंसिर २०, काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दलबहादुर कार्की वडालाई समृद्ध र जनतालाई खुशी र सुखी बनाउने कार्यमा लागि परेकाछन् । पछिल्लो समय सरकार र सरकार मातहतका कतिपय निकायप्रति आम जनताको बितृष्ण बढ्दै गएको अवस्थामा वडा अध्याक्ष कार्की भने समग्र वडावासीको सुख, शान्ती र समृद्धिको लागि अहोरात्र खटिएकाछन ।

उनको यो निरन्तरको खटाईले वडा समृद्धि ल्याउने बिश्वास पनि पछिल्लो समय वडावासीले गर्न थालेकाछन । वडा भनेको आफ्नो घर हो, वडावासी परिवारका सदस्य हुन । एउटा सिंगो परिवारको सुख, शान्ति र समृद्धिको लागि काम गर्नु वडा अध्यक्षको नाताले मेरो पहिलो दायित्व हो, यो दायित्व म जुनसुकै हालतमा पनि पुरा गर्छु, कार्कीले भने ।

वडाको मुख्य समस्याकोरुपमा रहेको खानेपानी, ढलनिकासका, सडक बत्तिको आदिलाई विषेश ध्यानमा राखेर आफुले काम गरिरहेको उनले बताए । वडाका आम नगरिकले वडाबाट पाउनुपर्ने सेवा सुविधा दिलाउने काम हामी जनप्रतिनिधीको कर्तब्य हो र नागरिकलाई खुशी र सुखी बानाउने तर्फ म सधैव अग्रसर छु, उनले भने ।

आम वडाबासीलाई नागरिकताको विषय, नाता प्रमाणित, जन्म दाता जस्ता कामलाई हमिले छिटो छरितो रुपले गर्दै आइरहेको र कुनै पनि नागरिकलाई दुःख दिने काम नगरेको र सबैलाई खुशी पार्ने प्रयत्न गरिरहेको दावी समेत वडा अध्यक्ष कार्कीले गरे ।

जनातको जनप्रतिनिधी भएर चुनिएपछि जनताको कामलाई प्रथमिकता दिने, जनतालाई कसरी छिटो छरितो रुपमा सेवा दिने भन्ने बारेमा लागि परेको समेत उनले बताए । सडक बत्तिको र ढलको प्रमुख समस्या भएकोले विद्युत प्राधिकरण र महानरगसंग समन्वयन गरेर यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्न आफु लागि परेको उनले बताए । ३० वर्ष देखि हुन नसकेका कामहरु हामि चुनिएर आएको दुई वर्ष भित्र त्यो कामहरु सहजै तरिकाले सम्पन्न गरेका थुप्रै उदाहरणहरु छ, यदि काम गर्ने ईच्छाशक्ति छ, सबैको साथ छ, भने त्यो काम पुरा नहुने कुरै छैन, उनले भने । दक्ष प्रविधिकहरु र आधुनिक युगमा आधुनिक सामानको समस्याले केहि कामहरु ढिलार्ई भए पनि त्यो ढिलाईलाई विस्तारै गतिमा बढाइरहेको उनले बताए ।

वडामा अझै धेरै काम गर्न बाँकी छ, वडाको अफ्नै भवन बनाउने, वडावासीको स्वास्थ्यलाई ध्यानमा राख्दै वडाको आफ्ने क्लिनिक बनाउने, वडामा विभिन्न ठाउमा पार्क बनाउने लक्ष्य लिएको छु, हेरौं कहाँसम्म सफल हुन्छ, कार्कीले भने ।

वडाले मिलमिलाप केन्द्र स्थापना गरेर वडावासीहरुको विभिन्न समस्याहरुलाई सहज बनाउने प्रायस गरिरहेको छ, नागरिकले दिएको करबाट समाजको विकासमा लगाउने भएकोले वडाबासीले करको दायरामा आउनु पर्छ, उनले भने ।