लामिछाने सहित ३ जना म्याद थप गर्न जिल्ला अदालत लैजाने तयारी

0
17

साउन ३१, काठमाडौं । पत्रकार शाकिराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर पक्राउ परेका न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित ३ जनालाई म्याद थप गर्न जिल्ला अदालत चितवन लैजाने तयारी भइरहेको छ ।

अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान गर्नेको लागी लामिछानेसहित, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालत लैजाने लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो । यसैबीच जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here