लागु औषध नियन्त्रणका लागि एसपी मल्लले “अप्रेशन क्लिन चितवन अभियान” सुरु गरे

0
13

असार ५, चितवन। चितवनमा  चितवन प्रहरीले “अप्रेशन क्लिन चितवन अभियान” सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका नयाँ प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले “अप्रेशन क्लिन चितवन अभियान” तीव्र पारेका हुन् ।

जिल्ला र मातहतका कार्यालयमा एक साथ सुरु गरिएको अभियानको पहिलो दिन जिल्लामा १५ जना र अन्य ठाउँमा गरि ४० जना लागुऔषधका प्रयोगकर्ता युवाहरुलाई पक्राउ गरेको एसपी मल्लले जानकारी दिए । बुधबार पनि ५३ जनालाई पक्राउ गर्न आफ्नो टिम सफल भएको बताए ।

चितवनलाई अपराध नियन्त्रणमा अन्र्तराष्ट्रियमा अलग पहिचान दिने सुरुवातमै उद्धघोष गरि सकेको छु एसपी मल्लले भने, अपराधको जड नै लागुऔषधबाट हुन्छ, यसकारण पहिलो प्रथामिकता राख्दै तल्लो तहबाट नियन्त्रण गर्न “अप्रेशन क्लिन चितवन अभियान” हो ।

पक्राउ परेका युवालाई एसपी मल्लले आफ्नै कार्यकक्षमा लागेर लागुऔषध नियन्त्रण बारेमा प्रशिक्षणसगैँ यसबाट हुने क्षति बारेमा जानकार बनाउने काम गरेका छन् ।

“अभिभावकहरुले पनि आफ्ना बालबच्चा कहाँ गएका छन्, कस्ता मान्छेको संगत गरेका छन् भन्ने कुरा बुझ्न पर्यो उनले भने, बच्चाहरुको निगरानी गर्न पर्यो, त्यो भयो भने बल्ल लागुऔषध नियन्त्रण हुन्छ ।”

पक्राउ पर्नेमा १५ देखि २५ बर्षसम्म उमेर समुहका युवाहरु छन् । उनीहरु रातको समयमा र एकान्तमा बसेर लागुऔषध प्रयोग गरिरहको वेला पक्राउ गरिएको प्रहरीको भनाई छ ।

जिल्लामा ६० प्रतिशत लागुऔषधको प्रयोगकर्ता रहेको तथ्याक छ । भने यसलाई शुन्यमा झार्ने गरि आफुहरुले अभियान तीव्र पारेको एसपी मल्लले बताए ।тени на глазахwithoutа?trackid=sp-006instadrow.xyzпоиск оптовых поставщиковcool things to do in st petersburg russia

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here