लागुऔषध सहित दुई जना पक्राउ

0
9

साउन २८, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका २ का मुकेशकुमार यादव र रमेशकुमार महतो रहेका प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स.७.प. ८८०९ नम्बरको मोटरसाइकलमा आउँदै गरे अवस्थामा सोमबार उनिहरुलाई पक्राउ गरेको बताएको छ ।

उनिहरुको साथबाट प्रहरीले फेनारगन १ सय एम्पुल, नोर्फिन १ सय एम्पुल, डाइजोल्याप १ सय एम्पुल र नगद ७ हजार २ सय ३० रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालयका उदयपुरले जनाएको छ ।

दुवैलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here