ललितपुरमा लोकप्रिय बन्दैछन् कांग्रेस नेता मीनकृष्ण

0
19

मंसिर १, काठमाडौं । नेपाली कांग्रेस र खेल जगतमा चिरपरि नाम हो मीनकृष्ण महर्जन । सानैदेखि खेलकुद क्षेत्रमा सक्रिय महर्जन बढ्दो उमेरसँगै राजनितिमा सक्रिय भए ।

२०४६ साल दोस्रो जनआन्दोलन देखि नेपाली कांग्रेसको सदस्य लिई राजनीति सुरु गरेका महर्जन कांग्रेस महासमिति सदस्य र नेपाली कांग्रेस ललितपुर जिल्ला सदस्य पनि हुन्।

महर्जन ११ औं महाअधिबेशन प्रतिनिधि हुँदै १२ औं मा महासमिति सदस्य र १३ औं मा महासमिति सदस्य भए। २०५७ सालमा नेपाली कांग्रेस संसदीय दल प्रमुख सचेतक पुर्ब रक्षामन्त्री बालकृष्ण खाँण केन्द्रिय अध्यक्ष हुँदा उनी केन्द्रिय सदस्यमा चयन भएका थिए ।

खाँणले महर्जनको लोकप्रियता देखेर महर्जनलाई केन्द्रिय सदस्यमा मनोनीत गरे त्यसपछि २०६० साल चितवनमा भएको तरुण दलको केन्द्रिय अधिबेशनमा महर्जन केन्द्रीय सदस्य खुल्ला तर्फ अत्याधिक मतले बिजय भएका थिए।

पुर्ब राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन पछि महर्जन तरुण युवाहरुको नेतृत्व गरि आफ्नो जीवन दाउमा राखेर प्रत्येक दिन आन्दोलनमा होमी रहे। महर्जन करातेको पुर्ब अन्तर्राष्ट्रिय खेलाडी र राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष समेत हुन्।

महर्जनले १ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेका छन् । त्यसैले महर्जनलाई खेलकुद क्षेत्रमा समेत उनी लेजिनको रुपमा परिचित अनुहार हो।

२०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा महर्जन तरुण दलले काठमाडौं उपत्यका इन्चार्जको जिम्मेवारी दिईएको थियो।

महर्जनको लोकप्रियता देखेर नेपालमा लोकतन्त्र पुनर्बाहाली पश्चात नेपालमा पहिलो संबिधानको चुनाबमा महर्जनलाई ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ बाट सिफारिस पनि भयो।

पछि ४०/६० को भागबन्दाको कारण महर्जन टिकट बाट बन्चित भए। महर्जनले कांग्रेसमा पुर्याएको योगदान र खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै तत्कालीन सभापति गिरीजा प्रसाद कोईरालाले २०६६ सालमा राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष लागि पार्टीबाट सिफारिस गरेर कोषाध्यक्षमा पठाइएको हो ।

तत्कालिन समयमा राम्रो काम गरेकाले उनको निकै प्रसंसा पनि भएको थियो । २०६८ सालमा नेपाली कांग्रेस सरकारबाट बाहिरिदा महर्जनले नैतिकताको आधारमा राजिनामा दिए।

त्यसपछि महर्जन निरन्तर पार्टीको संगठन बिस्तारमा लागी परे। २०७० सालको दोस्रो संबिधान सभा निर्वाचनमा पनि महर्जनको ललितपुर क्षेत्र नम्बर १ बाट सिफारिस भयो।

नेपाली कांग्रेसको संसदीय बोर्डमा टिकटको लागी महर्जन नाम प्रस्ताव भएको थियो पछि अन्तिममा आएर महर्जनको  लोकप्रियता देखेर जनजातिको हिसाबले समानुपातिकमा राख्ने मौखिक सहमति भयो।

ललितपुरमा महर्जनको लोकप्रियता देखेर कांग्रेस सभापति शेर बहादुर देउवाको आँखामा समेत पर्यो । त्यसो त पुर्व गृहमन्त्री एबं कांग्रेसका तत्कालिन महामन्त्री, प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको नजिक भएर सक्रिय राजनिति गरेका महर्जनको राजनितिक छवी झन् उचालिएर गयो ।

महर्जनलाई कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिजय कुमार गच्छदार, महामन्त्रीद्धय बिमलेन्द्र निधि ,पुर्ण बहादुर खड्का प्रभावसाली नेता प्रकाशमान सिंह ,केन्द्रिय सदस्य प्रदिप गीरि लगायतले पनि सशक्त युवा नेताका रुपमा लिने गर्दछन् ।

नेपालमा संघीयता लागू पश्चात् २०७४ सालको प्रतिनिधि सभा निर्वाचन र प्रदेश निर्बाचनमा महर्जनलाई ललितपुर क्षेत्र नम्बर १ प्रदेश ख तर्फ कांग्रेसबाट टिकट दिएको थियो। महर्जनको लोकप्रियताको कारण कम्युनिस्टहरुले पनि उक्त प्रदेश कम्युनिस्टहरुले हार्ने आङ्कलन गरेको थिए ।

पछि उक्त प्रदेशमा  साम,दाम,दण्ड-भेद लगाए। कांग्रेस कै नेताहरुलाई पैसाको प्रलोभनमा पारे। कांग्रेस कै नेताहरु समेत पैसामा बिके। त्यति गर्दा पनि महर्जन झिनो मतले पराजित भए।

महर्जन भन्छन्, मलाई त कम्युनिस्टहरुले हराउनै सक्दैन, मलाई त आफ्नै पार्टीका केही नेताहरु पैसामा बिके । र आफ्ना नातागोतालाई सुर्यमा भोट हाल्न लगाए । त्यो प्रमाण मसंग अहिले पनि सुरक्षीत छ। हाम्रो क्षेत्रमा एक थरी नेता यस्ता छन्।

नेपालमा प्रजातन्त्र पश्चात अहिले सम्म रुखमा भोट हालेको छैन्। ३६४ दिन कांग्रेस चुनाबको दिन विपक्षी पार्टीमा मतदान गर्छन् ।

महर्जनको सक्रियतामा धारे हात
नेपाली कांग्रेसका युवा नेता एवम् ललितपुर क्षेत्र नम्बर १ ‘ख’ का तत्कालीन प्रदेश सभाका उम्मेदवार महर्जनले आफ्नो क्षेत्र र जिल्लाको विकासका कार्यक्रमका लागि आवाज उठाउँदा केही तत्वहरूलाई असैह्य भएको छ ।

महर्जन जबजब विकास निर्माणमा सक्रिय रहनछन् तव उनी माथी हावा वाल्ने काम हुन्छ । महर्जनको सक्रियतामा धारे हात लगाउन विपक्षी पार्टीमात्र होइन, कांग्रेसकै नेताहरु समेत खटिने गरेका छन् ।

‘महर्जनले गलत गर्दैन,अनाहेकमा दोष लगाउनेहरुलाई फेस गर्न चुनौती दिन्छु ,उने भने । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र नेपाली कांग्रेसका लागि एक थोपा रगत रहेसम्म लडिरहनछु ।’
ललितपुरको चापागाउँमा शनिबार नेपाली कांग्रेसका स्थानीय युवाहरूसँगको भेटघाटमा महर्जनले विकासका लागि दवाव दिँदा आफूमाथि सत्तापक्ष र विरोधीहरूबाट आफूलाई प्रहार हुने गरेको बताएका हुन् ।

‘मेरो ध्यान ललितपुरको विकासमा’

उनले कार्यक्रमलाई संबोधन गर्ने क्रममा आफ्नो ध्यान ललितपुरको विकासमा केन्द्रित हने बताएका छन् । बाटोहरू भत्किएर हिँड्नै नहने अवस्थामा पुगेछ’। ‘जनताको काम गर्छु भनेर जितेर गएका जनप्रतिनिधिहरूलाई दवाव सिर्जना गरेर विकासका कार्यक्रम गराउनु नै मेरो धेय हो ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरूले जितेर गएपछि ललितपुरको विकासमा सिन्को पनि भाँच्न नसकेको उनले बताएका छन् ।

गाउँ, टोल र बजार भत्किएका सडक बनाउन दवाव दिँदा नेकपाका नेताहरूले कांग्रेसले राजनीति गरेको ठान्ने गरेको बताएका नेपाली कांग्रेसका युवा नेता महर्जनले भने, ‘विकासको कार्यक्रममा दवाव दिँदा राजनीति गरेको भन्छन् भने त्यो आरोप स्वीकार गर्न तयार छु ।’

नेपाली कांग्रेसका कार्यकर्ताको संरक्षणमा सधैँ सक्रिय रहँदै आएका महर्जनले भने, ‘राष्ट्रियताको संरक्षण र देशको विकास कांग्रेसले मात्रै गर्न सक्छ ।

कम्युनिस्टहरू भनेका झुठको खेती गर्नेहरू हुन् ।’ महर्जनले मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई मतदान गरेर जिताउन अपील पनि गरेका छन् ।

ललितपुर जिल्लामा नेपाली कांग्रेसको संगठन बनाउन सक्रिय रहेका युवा नेता महर्जनले सभापति मदनबहादुर अमात्य, पूर्वअर्थ राज्यमन्त्री समेत रहेका युवा नेता उदय शम्शेर राणालगायतका ललितपुरका कांग्रेस नेताहरूको टिम वर्कले ललितपुरमा अर्को पटक नेपाली कांग्रेसले क्लीन स्वीप गर्ने दाबी समेत गरेकाछन् ।

‘काम गर्दै जाँदा आलोचना र प्रशंसा दुबै पाइन्छ’, उनले कांग्रेसका स्थानीय युवा नेताहरूसँग भने, ‘आलोचना भयो भन्दैमा पछाडि फर्के भाग्ने होइन । त्यसलाई सुझावको रुपमा लिएर अगाडि बढ्नुपर्छ । अनि मात्रै नेपाली कांग्रेस बलियो बन्छ ।’

उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन खेलाडीहरूलाई समेत अपील गरेका छन् । ‘खेल र खेलाडीको विकास नेपाली कांग्रेसले मात्रै गर्छ’, उनले भनेका छन्, ‘कम्युनिस्टहरूबाट खेल र खेलाडीको विकास सम्भव छैन ।’

सामाजिक कार्यमा महर्जन

खेलकुद र राजनितिसँगै महर्जन सामाजिक कार्यमा पनि निकै सक्रिय मानिन्छ। महर्जनले आफ्नि क्षेत्रमा मोटर बाटो बनाउने ऐतिहासिक  मठ मन्दिर, ऐतिहासिक पोखरी बनाउने स्कुल बनाउने  युवाहरुलाई रोजगारी दिने, खेल र खेलाडीलाई आर्थिक तथा खेल सामाग्री दिने जस्ता कुरामा पनि नैकै सक्रिय मानिन्छ।

महर्जनले २०७२ सालमा गएको बिनासकारी माहामारी भुकम्पको बेलामा पनि ललितपुर क्षेत्र नम्बर १को प्रत्येक गाउँ गाउँ गई भुकम्प पीडितहरुलाई राहत वितरण गरि  घाउँमा मलम लाउने काम समेत गरेका थिए।

महर्जनको खेल कौशल

खेलकुद परिषद्को निमित्त सदस्य सचिव हुँदा मर्हजनले तत्कालिन सदस्य सचिव जिवनराम श्रेष्ठले प्रजातान्त्रिक धारका प्रशिक्षकसहित ४३ जना कर्मचारीहरुलाई दुर्गम क्षेत्रमा खटाएकाहरुलाई सदरमुकाममा सरुवा गरेर चर्चा कमाएका थिए ।

ती कर्मचारीहरुले अहिले पनि आफुहरुलाई तत्कालिन अवस्थामा गुन लगाएको भन्दै खेलकुद परिषद्मा प्रसंसा गरेको सुन्न पाईन्छ ।  न्यूज अभियान डट कम