रोशनी शाहीका श्रीमान-श्रीमतिले गरे सम्बन्ध विच्छेद

0
10

असोज १६, काठमाडौं । तत्कालिन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाहीका श्रीमान-श्रीमतिले सम्बन्ध विच्छेद गरेका छन्।

बिहीबार रोशनी शाही र उनका श्रीमान चित्रजंग शाहीबीच सम्बन्ध विच्छेद भएको हो।

सम्बन्ध विच्छेदमा श्रीमान्-श्रीमती दुबैले हस्ताक्षर गरेको पत्र श्रीमान चित्र जंगले सामाजिक सञ्जाल फेशबुकमार्फत सार्वजनिक गरेका छन् ।

पत्रमा लेखेका छन् ‘प्रीय जनहरु थुप्रै उताडचढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्  । तथापि खुसी साथ अगल अगल बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताका साथ।’