रुप ज्योति रिहा

0
7

कात्तिक २९, काठमाडौं । ज्योति गुरुपका संचालक रुप ज्योति रिहा भएका छन् ।

ज्योतिविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार नै हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो ।

सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले भने ‘हामीले मुद्दा नचलाउने निर्णय गरेका छाैं, अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयले गर्ने हाे त्यसका लागि हामी उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयमा अनुरोध गरेको छौं ।

ठगी मुद्दमा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो । तर ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।