रुपन्देहिको सैनामैनामा कार र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु

0
52

अनिल सापकोटा,
मंसिर ५,काठमाडौँ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका २ सरौलीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

मुर्गियाबाट बुटवल तर्फ जाँदै गरेको बा १८ च ८०१६ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका बस्ने ५० वर्षिय तिलक बहादुर सुनार र मोटरसाइकलमा सवारी अर्का अन्दाजी ५० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रन्यौंराले जानकारी दिएको छ ।

ठक्कर दिने कार सहीत चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेका थप अनुसन्घान भईरहेको ईलाका प्रहरी कार्यालय रन्यौंराले जानकारी दिएको छ ।
советы визажистов по макияжуabcmediabrokersтомографиювебкан тойweather st petersburg russia juneвремя в китае разница с украиной