राष्ट्रिय सभा सांसद तथा कांग्रेस नेता दुर्गाप्रसाद उपाध्यायको निधन

0
4

फागुन २, काठमाडौं । राष्ट्रिय सभा सांसद तथा कांग्रेस नेता दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ।

लामो समयदेखि आन्द्राको क्यान्सरबाट पीडित उपाध्यायको रुपन्देहीमा रहेको आफ्नै निवासमा शुक्रबार बिहान ५० वर्षको उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ।

उनको शुक्रबार २ बजे दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

उपाध्याय २०७४ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए। काँग्रेस रुपन्देही क्षेत्र नम्बर ५ का पूर्व क्षेत्रीय सभापति थिए ।

उपाध्यायको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।